खेलकूद

टोकियो ओलिम्पिक्समा कल्पनाको राष्ट्रिय कीर्तिमान

हिमालय टिभी
२०७८ साउन ९ गते ७:५६
टोकियो ओलिम्पिक्समा कल्पनाको राष्ट्रिय कीर्तिमान

९ साउन २०७८ काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् ।

शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । ओलम्पिक अन्तर्गत आज बिहान छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

आसाका सुटिङ रेञ्जमा कल्पनाले ६ सय १६ दशमलव ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाइन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।

उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकूदमा ६ सय १४ दशमलव ५ अंक जोड्दै कीर्तिमान बनाएकी थिइन् । तर, उनले फाइनल चरणमा स्थान बनाउन सकिनन् ।

५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।

त्यस्तै आजै जुडोमा सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्ने छिन् । भट्टले रसियन खेलाडी डोल्गोभा इरिनाको सामना गर्नेछिन् । कल्पना र सोनिया वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्न छनोट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्