खेलकूद

कोरोना महामारीबीच टोकियो ओलम्पिकको उद्घाटन आज हुँदै

हिमालय टिभी
२०७८ साउन ८ गते ८:०१
कोरोना महामारीबीच टोकियो ओलम्पिकको उद्घाटन आज हुँदै

८ साउन २०७८ टोकियो । विश्व खेलकूदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकूदको आज जापानको राजधानी टोकियोमा भव्य उद्घाटन हुँदै छ ।

राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच  टोकियो ओलम्पिक’ औपचारिक रुपमा शुरु हुनेछ । केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट शुरु भइसकेको छ ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह पौने पाँच बजे शुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् ।

टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन्। नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् । सबै खेलाडी युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुगेका हुन् ।

आगामी अगस्ट ८ सम्म संचालन हुने टोकियो ओलम्पिकमा पौडीबाट गौरिका र एलेक्जेन्डरसँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन् । बाँकी दुई खेलाडीले भने वाइल्ड कार्ड पाएका हुन् ।

गौरिकाले महिला १०० सय फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्