खेलकूद
ओलम्पिकको ३५ औं संस्करण सन् २०३२ मा अष्ट्रेलियाको ब्रिसबेनमा हुने
२०७८ साउन ७ गते ७:४८
७ साउन २०७८ काठमाडौं । ओलम्पिकको ३५ औं संस्करण सन् २०३२ मा अष्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को हिजो बसेको बैठकले ब्रिसबेनलाई ३५ औं ओलम्पिक र पाराओलम्पिकका लागि स्वीकृति दिएको हो ।
१५ सदस्यीय कार्यसमितिले जुन महिनामा नै ब्रिसबेनको नाम प्रस्ताव गर्ने निर्णय गरेको थियो । ओलम्पिकका लागि इन्डोनेसिया, चीन, कतार, हंगेरी र जर्मनीका शहरले पनि दावी गरेका थिए ।
यो निर्णयसँगै अब अष्ट्रेलियाले तेस्रो पटक ओलम्पिक आयोजनाको अबसर पाएको छ । उसले यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नी ओलम्पिक आयोजना गरिसकेको छ ।
सन् २०२४ को ओलम्पिक पेरिसले तथा सन् २०२८ मा अमेरिकाको लस एन्जेलसले आयोजना गर्ने यसअघि निर्णय भइसकेको छ ।
प्रतिक्रिया