विदेश
अमेरिकाका विभिन्न १३ राज्यको ८० स्थानमा डढेलो
२०७८ साउन ७ गते ७:४२

७ साउन २०७८ न्युयोर्क । अमेरिकाका विभिन्न राज्यका जंगलमा डढेलो लागेको छ ।
अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौं हेक्टर जमिनमा लगाइएको बालीमा नोक्सानी पुगेको छ भने सयौं भौतिक संरचना नष्ट भएका छन् ।
ओरिगनमा इतिहासकै भीषण डढेलो लागेको सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोका कारण हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ ।
जुलाई ६ तारिखदेखि नै लागेको आगो थप फैलिदै गइरहेको उल्लेख गरिएको छ । तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ ।
प्रतिक्रिया