खेलकूद

फुटकर बजेटका कारण खेलकूद संरचना अस्तव्यस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १५:०८
फुटकर बजेटका कारण खेलकूद संरचना अस्तव्यस्त (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । कोरोनाका कारण विगत दुई वर्षदेखि खेलकूद गतिविधि ठप्प प्राय छ । राजधानी लगायतका केही स्थानमा सीमित खेल प्रतियोगिता भए पनि यसबीचमा देशभरीनै घरेलु प्रतियोगिता हुन सकेन ।

अन्य समयमा पनि पूर्वाधार संरक्षणमा कमै चासो राख्ने खेल सम्बद्ध निकायको प्रतियोगिता नहुँदा त यसतर्फ ध्याननै जान सकेको छैन् । तर नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद (राखेप) भने आफू मातहतका धेरै संरचना व्यवस्थित भएको दावी गरिरहेको छ ।

सरकारले लगाएको निषेधाज्ञाका कारण विगत दुई वर्षदेखि खेल प्रतियोगिता प्रभावति भइरहेका छन् । सरकारले स्वास्थ्य जोखिमका कारण रंगशाला लगायत दर्शक सहितको र धेरै भिडभाड हुने क्षेत्र अझै खुला गरेको छैन ।

काठमाडौंमा यस बीचमा फूटबल, क्रिकेट, भलिबल लगायतका केही प्रतियोगिता भएपनि मोफसलमा भने सुनसान छ । खेल गतिविधि नहुँदा संरचना पनि प्रयोगमा आएनन् र तिनीहरुको संरक्षणमा पनि खेल सम्बद्ध निकायको साचो देखिएन । तर राष्ट्रिय खेलकूद परिषद राखेपले आफू मातहतका संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको र केही व्यवस्थित गर्न बाँकी रहेको दाबी गरेको छ ।

७७ वटै जिल्लामा राखेप अन्तर्गतका खेल पूर्वाधार छन् । कुनै पनि प्रतियोगिता अगाडी हतारमा पूर्वाधार बनाउने र तिनको उचित संरक्षणमा राखेप चुकिरहेको छ । आठौं राष्ट्रिय खेलकूदका लागि दाङमा हतारहतार संरचना बने तर त्यसको उचित संरक्षण हुन नसक्दा करोडौंको लगानी बालुवामा पानी सरह भएको छ ।

१३ औं सागका लागि काठमाडौंमा तयार पारिएको दशरथ रंगशालामा पनि भिआईपि प्यारापिटको छानोबाट पानी चुहिने, कुर्ची भाँचिने शौचालय लगायतका संरचना विग्रिएका खवर आइरहेका छन् । केन्द्रमा पर्याप्त समन्वय हुन नसक्दा योजना निर्माण र बजेट बिनियोजनमै पनि समस्या देखिँदै आएका छन् । खेल पूर्वाधारको प्राथमिकताका आधारमा योजना नबन्दा समस्या भइरहेको छ ।

खण्डखण्डमा आउने बजेटले मूलपानी क्रिकेट मैदान पुरा हुन पनि ढिलाइ भएको छ । देश संघिय संरचनामा गएपनि राखेपले भने अझै आफ्ना गतिविधि सोही ढाँचामा सञ्चालन गर्न सकेको छैन । जारी भएको नयाँ खेलकुद ऐनमा नियामावली बन्न बाँकी छ भने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक एक पटक पनि बस्न सकेको छैन ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्