खेलकूद

पाकिस्तानविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

हिमालय टिभी
२०७८ साउन ६ गते ८:०६
पाकिस्तानविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

६ साउन २०७८ काठमाडौं । पाकिस्तानविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलको श्रृंखला घरेलु टोली इंग्ल्याण्डले जितेको छ ।

तेस्रो तथा अन्तिम खेल ३ विकेटले जित्दै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो । १ सय ५५ रनको लक्ष्य इंग्ल्याण्डले दुई बल अघि नै पूरा गरेको थियो । इंग्ल्याण्डका लागि ज्यासन रोयले ६४ तथा डाविड मलानले ३१ रन बनाए ।

त्यस्तै कप्तान इयोन मोर्गन र जोश बट्लर समान २१(२१ बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका मोहम्मद हाफिजले ३ विकेट हात पारे ।

यसअघि म्यानचेष्टरमा टस जित्दै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५४ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका मोहम्मद रिजवान ७६ रनमा अविजित रहे । त्यस्तै फाकर जमानले २४ रन बनाए । इंग्ल्याण्डका आदिल रसिदले ४ विकेट लिए ।

पाकिस्तानले पहिलो खेल ३१ रनले जित्दा दोस्रो खेलमा इंग्ल्याण्ड ४५ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्