खेलकूद

दोस्रो एक दिवसीय क्रिकेटमा भारतसँग श्रीलंका ३ विकेटले पराजित

हिमालय टिभी
२०७८ साउन ६ गते ७:५९
दोस्रो एक दिवसीय क्रिकेटमा भारतसँग श्रीलंका ३ विकेटले पराजित

६ साउन २०७८ काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको छ ।

२ सय ७६ रनको लक्ष्य भारतले खेल सकिन ५ बल अगावै ७ विकेटको नोक्सानीमा भेट्टाएको थियो । भारतको जितमा दिपक चहरले अविजित रहँदै ६९ रन जोडे । त्यस्तै सूर्यकुमार यादव ५३, मनिष पाण्डे ३७ तथा क्रुनल पाण्ड्या ३५ रनमा पेभेलिएन फर्के ।

श्रीलंकाका वानिन्दु हसारंगाले ३ विकेट हात पारे । यस अघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो ।

उसका लागि चारिथ अशालंकाले ६५ तथा अभिष्का फर्नान्डोले ५० रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै चामिका करुनारत्ने ४४ रनमा नटआउट रहे ।

बलिङमा भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चहलले समान ३–३ विकेट लिए । जितसँगै पाहुना टोली भारतले तीन खेलको एक दिवसीय श्रृंखलामा २० को अग्रता लिंदै श्रृंखला एक खेल अगाबै जितेको छ । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्