खेलकूद

एन्फा होस्टल व्यवस्थापन समितिले किन दियो सामूहिक राजीनामा ?

हिमालय टिभी
२०७८ साउन ५ गते १६:१३
एन्फा होस्टल व्यवस्थापन समितिले किन दियो सामूहिक राजीनामा ?

५ साउन २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ अन्तर्गतको एन्फा होस्टलको व्यवस्थापन समितिले सामूहिक राजीनामा दिएको छ ।

एन्फा केन्द्रीय सदस्य दिनेश व्यञ्जनकारको संयोजकत्वमा रहेको समितिका तीनै जना सदस्यले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका हुन् । व्यञ्जनकारका अनुसारकामप्रति नेतृत्वले असन्तुष्टि जनाएका कारण राजीनामा दिइएको हो ।

व्यञ्जनकारले सुरक्षा समिति र प्राविधिक समितिको सदस्य पदबाट पनि राजीनामा दिएका छन् । केन्द्रीय सदस्य व्यञ्जनकारसहित समितिमा सहायक महासचिव अरुणमान जोशी र सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य थिए ।

समितिलाई एन्फा एकेडेमी, खेल मैदान व्यवस्थापन, फ्लड लाइट, सोभिनियर सप निर्माणको समेत जिम्मा थियो ।

यसअघि पनि यो समितिका पदाधिकारीले काम गर्ने वातावरण नरहेको भन्दै राजिनामा दिएका थिए । तर एन्फा पदाधिकारीको सल्लाहमा गत वर्ष पुन समितिलाई जिम्मेवारी दिईएको थियो ।

दुई दिन अगाडी मात्र एन्फा भित्रका असन्तुष्ट पक्षका पदाधिकारीले केन्द्रिय कार्य समितिको बैठक बस्न माग गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा केन्द्रीय सदस्य दावा लामाले यथाशिघ्र बैठक बस्न माग गर्दै अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्