समाज

कंक्रिटको पर्खालले रोकिएला मानिस र वन्यजन्तुबीचको द्वन्द्व ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते १४:५०
कंक्रिटको पर्खालले रोकिएला मानिस र वन्यजन्तुबीचको द्वन्द्व ? (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ चितवन । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको जङ्गलबाट जनावरलाई मानव बस्ती प्रवेश गर्न नदिन चितवनमा कंक्रिटको पर्खाल निर्माण गरिएको छ ।

जङ्गल र मावन बस्ती बीचमा निर्माण गरिएका पर्खालबाट मानिस र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुने विश्वास लिइएको छ ।

राप्ती नगरपालिकासहित पाँच वटा स्थानीय तह चितवन राष्ट्रिय निकुञ्जबाट बढी प्रभावित छन् । निकुञ्ज प्रभावित क्षेत्रका बासिन्दालाई जङ्गली जनावरका कारण हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन बागमती प्रदेश सरकारको सहयोगमा पक्की पर्खाल निर्माण गरिएको हो । पर्खालका कारण स्थानीयबासिन्दाले सुरक्षित महसुस गरेका छन् ।

केही वर्ष अघिसम्म चितवन निकुञ्जबाट निस्किने हात्ती तथा अन्य जनावरले मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबाली नष्ट गर्नुका साथै मानिसमाथि आक्रमण गर्ने गरेका थिए ।

पर्खाल निर्माणमा वडाले काम शुरु गरेपछि नगरपालिका र प्रदेश सरकारले बजेट विनियोजन गर्न थालेका छन् । पर्खाल बन्नुअघि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेका स्थानीय अहिले ढुक्क छन् ।

निकुञ्जसँग जोडिएका सबै स्थानीय तह र माडी नगरपालिकामा समेत पर्खाल लगाउने वाग्मती प्रदेश सरकारको योजना छ । यसै वर्ष काम सक्नेगरी तयारी भए पनि बजेटका कारण समस्या भएको छ ।

राप्ती नगरपालिकाबाट शुरु गरिएको पर्खाल निर्माणको काम अहिले खैरहनी र रत्ननगर नगरपालिकामा समेत सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *