आर्थिक

कालापत्थरमा द माउण्ट एभरेष्ट फेशन रनवे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते १४:४१
कालापत्थरमा द माउण्ट एभरेष्ट फेशन रनवे (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । पदयात्राका क्रममा वातावरण मैत्री उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यका साथ आउँदो असोज ६ गते कालापत्थरमा द माउण्ट एभरेष्ट फेशन रनवे आयोजना हुने भएको छ ।

के फिल्म्सले आयोजना गर्ने यो फेशन शोमा नन भोइलेन्ट सिल्क प्रयोग गरी उत्पादन भएका सामग्री प्रदर्शन गरिनेछ ।

आयोजकका तर्फबाट गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फेशन शोमा डिजाइनर रमिला नेमकुलले रेशम किरा नमारी उत्पादन गरिएको सिल्कबाट बनेको लुगा डिजाइन गर्नुहुनेछ ।

जसलाई नेपालसहित १४ जना अन्तर्राष्ट्रिय सुपर मोडलले प्रदर्शन गर्नेछन् । उनीहरुसँगै दुई सय जना दर्शक पनि पदयात्रा गर्दै कालापत्थर पुग्नेछन् । पदयात्रा पूरा गर्न सकेको खण्डमा सहभागीले गिनिज बुकमा नाम समेत लेखाउन सक्नेछन् ।

यो कार्यक्रमले पदयात्राका क्रममा वातावरणमैत्री उत्पादनलाई प्रोत्साहन गर्नेछ । पदयात्रामा जाने समूहले पानीबिना प्रयोग गर्न सकिने स्याम्पु, डिटरजेन्टलाई बढावा दिलाउने उद्देश्य राखिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजना हुने यो कार्यक्रममा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, मि टू फिल्म्स र अन्तर्राष्ट्रिय सेरिकल्चर कमिसनले सहकार्य गरेका छन् । कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *