विदेश

इराकको राजधानी बग्दादमा भएको विष्फोटमा कम्तिमा ३५ जनाको मृत्यु

हिमालय टिभी
२०७८ साउन ५ गते ८:३१
इराकको राजधानी बग्दादमा भएको विष्फोटमा कम्तिमा ३५ जनाको मृत्यु

५ साउन २०७८ बग्दाद । इराकको राजधानी बग्दादमा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।

बग्दादमा मुस्लिम धर्मावलम्बीको पर्व ईद अल–अधाहको पूर्वसन्ध्यामा बजारमा भएको विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु हुनुको साथै ६० भन्दा बढी घाइते भएका छन् ।

पर्वका लागि किनमेल गरिरहेका मानिसका कारण बजारमा बढी भीडभाड रहेको थियो । त्यस्तै अधिकांश घाइतेको अवस्था गम्भिर रहेका कारण मृतक संख्या बढ्न सक्ने बताइएको छ ।

मृत्यु हुनेमा अधिकाशं महिला र बालबालिकाका साथै पसलेहरु पनि छन् । सदर शहरको वहैलत बजारमा विष्फोट भएको इराकको सेनाले विज्ञप्तिमामार्फत जनाएको छ ।

आक्रमणको जिम्मा सशस्त्र समूह आईएसआईएसले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *