आर्थिक

ग्रेट वाल मोटर्स जी डब्लु एमका तीन वटा नयाँ मोडलका गाडीको बिक्री शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते १८:३७
ग्रेट वाल मोटर्स जी डब्लु एमका तीन वटा नयाँ मोडलका गाडीको बिक्री शुरु  (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । नेपालमा आजदेखि चिनियाँ कम्पनी ग्रेट वाल मोटर्स जी डब्लु एमका तीन वटा नयाँ मोडलका गाडीको बिक्री शुरु भएको छ ।

विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालिले नेपाल भित्र्याएका ग्रेटवाल मोटर्स का एसयूभी र पिकअप गरी तीन वटा मोडल गाडीको आजदेखि आधिकारिक रुपमा बिक्री शुरु भएको हो ।

यी तीनै वटा गाडी खाल्डाखुल्डी र कच्ची सडकमा सहज रुपमा गुड्न सक्छन् । तिनैवटा गाडी नेपालका लागि नौलो र नेपाली उपभोक्ताका लागि सुरक्षित र बाटो सुहाउँदो भएको भिजी इम्पेक्सले जनाएको छ ।

जीडब्लुएमको थर्ड जेन ह्याभल एच सिक्सको मुल्य ९७ लाख रुपैयाँ तथा हावल जोलीयन कम्प्याक्ट एसयूभीको मूल्य साढे ५५ लाख रुपैयाँ तोकिएको छ ।

यस्तै पीकअप वर्गमा पोअर गाडीको मुल्य भने ६५ लाख रुपैयाँ तोकिएको छ । यी गाडीका लागि भिजी इम्पेक्सले काठमाडौंको थापाथलीमा शोरुम खोलेको छ ।

कम्पनीले नेपालभरिका प्रमुख शहरमा शोरुम विस्तार गर्ने योजना बनाएको छ । जीडब्लुएमले सन् १९९८ देखि अटोमोबाइल निर्यात शुरु गरेको थियो । जीडब्लुएमका गाडी ६० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *