समाज

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम : तालिम दिएर १२ वटा विद्यालयमा रंगरोगन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते १५:१६
प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम : तालिम दिएर १२ वटा विद्यालयमा रंगरोगन (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमका नाममा झाराटार्ने काम गरेर बजेट सकेको आरोप लाग्ने गरेको छ । तर कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले रोजगार कार्यक्रमको समन्वयमा नगरपालिकाका १२ वटा विद्यालय रंगरोगन गरेको छ ।

संघ, प्रदेश र कपिलवस्तु नगरपालिकाको लागत साझेदारीमा नगरका १२ वटै वडाका एक एक वटा विद्यालय पूर्णरुपमा रंगरोगन गरि आकर्षक बनाईएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत नगर क्षेत्रका बेरोजगार सुचिका १ सय जनालाई भित्ते लेखन र पेन्टिङ्गको तालिम दिएर काम गराइएको हो । रोजगार कार्यक्रमबाट सिप सिक्न र श्रमको मूल्य पाउँदा सहभागी पनि खुसी छन ।

सरकारले सार्वजनिक भवनका लागि तोकेको मापदण्ड अनुसार विद्यालय भवनमा रंग लगाइएको हो । तीनै तहको सरकारको समन्वयमा रोजगारसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने उदेश्यले गरिएको रंगरोगनले विद्यालयलाई आकर्षक बनाएको छ ।

विद्यालयमा गरिएको रंगरोगनका लागि जिल्ला दररेट अनुसार सवा ६५ लाखभन्दा बढी लागत खर्च देखिए पनि सवा ४७ लाखमै काम सम्पन्न भएको छ । यसले कम लागतमै उपयोगी काम गर्न सकिने देखिएको छ ।

यस्ता योजनालाई आगामी दिनमा पनि निरन्तरता दिने नगरपालिकाको योजना छ । सरकारका सबै संयन्त्रसँग समन्वय गर्न सकिए थोरै लगानीबाट पनि बढि प्रतिफल लिन सकिन्छ भन्ने उदाहरण कपिलवस्तु नगरपालिकाकाले सञ्चालन गरेको रोजगार सम्बन्धि कार्यक्रमले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *