पहिलो एक दिवसीय क्रिकेटमा भारतसँग घरेलु टोली श्रीलंका ७ विकेटले विजयी

४ साउन २०७८ कोलम्बो । भारतले पहिलो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली श्रीलंकालाई ७ विकेटले हराएको छ ।
२ सय ६३ रनको मध्यम लक्ष्य भारतले ८० बल अगावै मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । भारतको जितमा कप्तान शिखर धवनले अविजित ८६ रन जोडे ।
त्यस्तै यस्तै इशान किशनले ५९ रन बनाउँदा पृथ्वी शा ४३ रनमा आउट भए । बलिङमा श्रीलंकाका धनञ्जय डि सिल्भाले २ विकेट लिए ।
यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ६२ रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्ने नटआउट ४३ रनको इनिंग्स खेले ।
त्यस्तै कप्तान डसुन शनाकाले ३९, चारिथ आश्लंकाले ३८ रन जोडे । भारतका दीपक चाहर, युजभेन्द्र चहेल र कुलदीप यादवले समान २–२ विकेट लिए । जितसँगै भारतले तीन खेलको श्रृंखलामा १० को अग्रता लिएको छ ।
प्रतिक्रिया