विदेश

भारतको मुम्बईमा घर भत्किँदा कम्तीमा २५ जनाको मृत्यु

हिमालय टिभी
२०७८ साउन ४ गते ८:१३
भारतको मुम्बईमा घर भत्किँदा कम्तीमा २५ जनाको मृत्यु

४ साउन २०७८ मुम्बई । भारतको मुम्बईमा बाढीका कारण घर भत्किंदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

अत्यधिक वर्षासँगै आएको बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । मुम्बईको माहुल क्षेत्रमा बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् ।

घटनामा सात जना घाइतेसमेत भएका छन् । भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेल सेवालगायतका यातायात सेवासमेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *