राजनीति

भारतले रोक्न खोज्दाखोज्दै देउवा नेतृत्वमा नयाँ सरकार बनेको प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३ गते १९:००
भारतले रोक्न खोज्दाखोज्दै देउवा नेतृत्वमा नयाँ सरकार बनेको प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले रोक्न खोज्दाखोज्दै पनि शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाइएको दाबी गर्नुभएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै प्रचण्डले देउवा नेतृत्वको सरकार नेपालीले नै बनाएको राष्ट्रवादी सरकार भएको बताउनुभयो । भारतको चाहना नभएकाले नै अहिलेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई नदिएको प्रचण्डको तर्क छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको अगाडि आत्मसमर्पण गरेकाले नयाँ सरकार बनाइएको प्रचण्डले दावी गर्नुभयो ।

अहिलेको सरकार देश, जनता र दुई छिमेकीका लागि समेत सहज भएको प्रचण्डको प्रतिक्रिया छ ।

केही समय अघि नेपालमा छिमेका लागि पनि कम्फर्टेबल सरकार बनाउनुपर्ने धारणा सार्वजनिक गरेपछि प्रचण्डको चर्को आलोचना भएको थियो । तर प्रचण्डले आफू त्यो मान्यता कायमै रहेको र त्यस्तो सरकार बनाएको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसितको विस्तृत कुराकानी राति नौ बजे हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्