आर्थिक

चितवनमा ड्रागन फ्रुट खेतीमा आकर्षण, कृषि ज्ञान केन्द्रबाट अनुदान पाएपछि किसान उत्साहित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३ गते १५:११
चितवनमा ड्रागन फ्रुट खेतीमा आकर्षण, कृषि ज्ञान केन्द्रबाट अनुदान पाएपछि किसान उत्साहित  (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ चितवन । चितवनमा व्यवसायिक रुपमा ड्रागन फ्रुटको उत्पादन शुरु गरिएको छ । उत्पादनका लागि कृषि ज्ञान केन्द्रबाट अनुदान पाउन थालेपछि ड्रागन फ्रुटतर्फ किसानको आकर्षण बढेको हो ।

मानव शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वले भरिपूर्ण ड्रागन फ्रुटको चितवनमा व्यवसायिक उत्पादन शुरु गरिएको छ । उत्पादनका दृष्टिले राम्रो, अनुदान पाइने तथा बजारिकरण पनि सहज भएकाले ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो । व्यवसायिक रुपमा उत्पादन गर्नका लागि ड्रागन फ्रुटलाई कङ्क्रिट पोलमा लगाउन सकिन्छ भने उत्पादन लागत प्रति बिघा ४० लाख रुपैयाँसम्म पर्छ ।

ड्रागन फ्रुटलाई नेपालमा सिउँडी फल तथा सिम्थीफल पनि भन्ने गरिएको छ । तराईको फाँटदेखि एक हजार ५ सय मिटरको उचाईसम्म ड्रागन फ्रुटको व्यवसायिक उत्पादन गर्न सकिने भएकाले यो फल चितवनको माटो तथा हावापानी सुहाउँदो छ ।

ड्रागन फ्रुटको व्यवसायिक खेती गर्ने किसानलाई सरकारीतर्फबाट ५० प्रतिशत लागत अनुदान दिएर नमूना फर्म निर्माण गर्न सघाउ पुर्‍याइदै आएको छ ।

चितवनमा एक किसानले तीन बिघाभन्दा बढी क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरेका छन् ।

चितवनको ३० बिघाभन्दा बढी क्षेत्रबाट ड्रागन फ्रुटको व्यवसायिक उत्पादन शुरु गरिएको छ भने यो फलमा एन्टिकारसिनोजन्स र लाइकोपिन प्रसस्त मात्रामा पाइने भएकाले क्यान्सर रोग लाग्नबाट समेत बचाउने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *