समाज

सिस्नेखोला नागढुंगा सुरुङ मार्गका कारण खत्रीपौवाको सिंगो बस्ती नै जोखिममा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २ गते २०:२७
सिस्नेखोला नागढुंगा सुरुङ मार्गका कारण खत्रीपौवाको सिंगो बस्ती नै जोखिममा (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित खत्रीपौवाको सिंगो बस्ती पहिरोको जोखिममा परेको छ । बन्दै गरेको सिस्नेखोला–नागढुंगा सुरुङ मार्गका कारण पहिरो जान थालेपछि वस्ती नै जोखिममा परेको हो ।

पहिरो गएको यो वस्ती काठमाडौं र धादिङ सीमाक्षेत्रमा पर्ने सिस्नेखोलाको हो । खत्रीपौवाको यो वस्तीमा वर्षा सुरु भएदेखि नै पहिरो जान थालेको थियो । अहिले यहाँका पाँच परिवार विस्तापित भै सकेका छन् । अन्य ७ घर पनि उच्च जोखिममा छन् । पहिरोको त्रासकै बीचमा केही परिवार भने त्यही ठाउँमा बस्न बाध्य छन् ।

निर्माणाधिन सिस्नेखोला–नागढुंगा सुरुङमार्गले बाटो बिस्तार गर्दा जमिन कटान गरेपछी वस्तीलाई पहिरोले तान्न सुरु गरेको थियो । सडक भन्दा डेढ सय देखि २ सय मिटर माथिबाट पहिरो गएको छ। वर्षा सुरु भएपछि पहिरोले थप क्षति पुर्‍याउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयबासिन्दाले गुनासो गरेपछि नागढुंगा – सिस्नेखोला आयोजनाले नै पाँच परिवारलाई आफैंले भाडा तिर्ने गरी स्थानान्तरण गरिदिएको छ । अन्यत्र नगएका परिवारले भने भाडा तिरेर सार्नु भन्दा दिर्घकालिन व्यवस्थापन गर्न आग्रह गरिरहेका छन् ।

पहिरोको जोखिममा परेको खवर पाएपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनमा सुरुङमार्ग निर्माणका क्रममा त्रिभुवन राजपथको नौविसे(नागढुंगा खण्डको खत्रीपौवामा सडक फराकिलो पार्दा जमिन एक मिटर भासिएको पाइएको छ । पहिरो गएको स्थानमा पुनस् वसोवास गर्न नमिल्ने भएकाले आयोजनाले जग्गाधनीलाई उचित क्षतिपुर्ति दिएर अन्यत्र सार्नुपर्ने प्रशासनको सुझाव छ ।

सुरुङमार्ग निर्माणका क्रममा प्रयोग गरिएका उपकरण र सडक कटान गर्दा पहिरोले वस्ती नै बगाउन थालेको हो । यसबाट भिरालो जमिन र कमसल भौगोलिक बनावटमा विकास निर्माणका काम गर्दा बढि सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *