समाज

सीमा क्षेत्रमा भारतबाट फर्कने युवाको लर्को, नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलने त्रास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २ गते १६:२८
सीमा क्षेत्रमा भारतबाट फर्कने युवाको लर्को, नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलने त्रास (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ काठमाडौं । रोजगारीका लागि भारत गएका युवा त्यहाँ कोरोना संक्रमणको तेस्रो लहर आउने खतरा बढेको भन्दै फेरि स्वदेश फर्कन लागेका छन् । भारतमा काम पाइने भए पनि जोखिम बढेका कारण घर फर्किएको उनीहरू बताउँछन् ।

बाँकेको जमुनाह नाका । यो नाकामा विगत केही दिनदेखि यस्तै दृश्य देखिने गरेको छ ।

भारतमा कोरोना संक्रमणको तेस्रो लहरको खतरा बढेको भन्दै युवाहरु यसरी भारतबाट कुम्लो बोकेर घर फर्किएका हुन् । उनीहरु अब स्वदेशमै रोजगारी पाए अब भारत नफर्कने बताउछन् ।

भारतबाट पछिल्ला दिनमा दैनिक ४–५ सय युवा नेपाल फर्किरहेका छन् । यसरी घर फर्केकाहरुको जमुनाह नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको छ ।

भारतबाट नेपाल फर्किएका केहीमा कोरोना संक्रमण देखिएको छ । जसले गर्दा उनीहरुसँग नेपालमा कोरोनाको नयाँ भेरियन्ट पनि भित्रिने हो कि भन्ने चिन्ता बढेको छ ।

परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका र स्वास्थ्य सामान्य भएका व्यक्तिलाई नेपालगन्ज उप महानगरपालिकाको आइसोलेशनमा र लक्ष्यणसहितका संक्रमितलाई भेरी अस्पतालमा भर्ना गरेर उपचार गर्ने ब्यबस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *