खेलकूद

नेपालमा कुनै पनि विदेशी फ्रेन्चाइजी प्रतियोगित गर्न अनुमति नदिएको क्यानको प्रष्टिकरण

हिमालय टिभी
२०७८ साउन १ गते १७:३२
नेपालमा कुनै पनि विदेशी फ्रेन्चाइजी प्रतियोगित गर्न अनुमति नदिएको क्यानको प्रष्टिकरण

१ साउन २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपालमा कुनै पनि विदेशी फ्रेन्चाइजी प्रतियोगिता आयोजनाका लागि स्वीकृति नदिएको बताएको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले आज विज्ञप्ति जारी गर्दै नेपालमा विदेशी फ्रेन्चाइज प्रतियोगिताका लागि संघले कुनै आयोजकलाई स्वीकृति नदिएको जानकारी दिएका हुन् ।

पछिल्लो समय भारतीय प्रतियोगिता मराठा प्रिमियर लीग नेपालमा आयोजना गर्ने सम्बन्धमा विभिन्न माध्यमबाट समाचार सार्वजनिक भएकोमा क्यानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो स्वीकृतिबिना देशभित्र कुनै प्रतियोगिता नगर्न भन्दै क्यानले त्यसरी गरिएका प्रतियोगितामा सहभागी नहुन मातहतका सबै निकायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्