फिलिपिन्समा हुने एभिसी सिनियर भलिबलमा नेपाल सहभागी नहुने

१ साउन २०७८ काठमाडौं । अर्को महिना फिलिपिन्समा हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल सहभागी नहुने भएको छ ।
कोरोना संक्रमणको कारण देखाउँदै आयोजक एभिसीले नेपालसहित ४ टिमको नाम नै कटौति गरेको हो ।
एभिसीले आज प्रतियोगिताको समूह विभाजन गर्दा नेपालसहित भारत, हङकङ र जापानलाई सूचीमा राखेको छैन । नेपाल तथा भारतमा कोरोना संक्रमणको जोखिम धेरै रहेकाले यी देशलाई सहभागी नगराइएको हो ।
समुहमा ८ टोली मात्र समावेश गरिएको छ । समूह ए मा आयोजक फिलिपिन्स, कजाकस्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह बी मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया रहेका छन् ।
यसअघि, १७ टोली सहभागी हुने भनिए पनि चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएका थिए । महिला टोलीले यही प्रतियोगिता लक्षित गरेर करिब एक महिनादेखि तयारी गरिरहेको छ ।
अघिल्लो साता मात्र १८ सदस्यीय टोली घोषणा गरिएको थियो । तर अब नेपालले प्रतियोगता नै खेल्न नपाउने भएपछि खेलाडीको मिहेनत खेर गएको छ ।
प्रतिक्रिया