टोकियो ओलम्पिकमा भाग लिने टोली आज जापान प्रस्थान गर्दै

१ साउन २०७८ काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको ‘सेफ द मिसन’ रहेका राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्यीय टोली आज जापान प्रस्थान गर्ने भएको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्यीय टोली आज जापान प्रस्थान गर्ने जनाएको छ । सदस्य सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् ।
दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहेकी छन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जाने छन् ।
त्यस्तै सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राणा र मेडिकल अफिसियलको रुपमा सुर्य नारायण श्रेष्ठ जापान जाने छन् ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने सोमबार पाँच सदसीय टोली जापान जाने छन् । यस्तै साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोईराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक ईन्दिरा मल्ल र एनओसी उप(महासचिव पिताम्बर तिम्सिना रहेका छन् ।
यसअघि पौडीका तीन सदसीय नेपाली टोली जापान पुगिसकेका छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिमको सहभागिता हुनेछ ।
ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्नुभएको थियो ।
प्रतिक्रिया