आर्थिक
पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घट्यो
२०७८ असार ३१ गते ९:०७

३१ असार २०७८ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घटाएको छ ।
गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । पेट्रोलको मूल्य अब १ सय २८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगमले यही असार २२ गते पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय उडान) तथा खाना पकाउने ग्यासको भाउ बढाएको थियो ।
निगमले २ रुपैयाँले पेट्रोलियम पदार्थको भाउ बढाएको पनि विभिन्न ५ वटा विद्यार्थी सङ्गठनको विरोधपटिछ १ रुपैयाँ घटाएको हो ।
प्रतिक्रिया