समाज

गुल्मीको धुर्कोटमा उदाहरणीय काम : खरको छानामुक्त घर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३१ गते ६:५३
गुल्मीको धुर्कोटमा उदाहरणीय काम : खरको छानामुक्त घर (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ गुल्मी । गुल्मीमा ‘खरका छानामुक्त’ र ‘एक घर एक धारा’ कार्यक्रम प्रमुख चुनावी नारा थिए । जिल्लाको एउटा स्थानीय तहले भने यो नारा अनुसार काम गरेर देखाएको छ । धुर्कोट गाउँपालिकाले यी दुबै घोषणा पूरा गरेर उदाहरण देखाएको हो ।

गुल्मी धुर्कोटका दुर्गाबहादुर हमालले खरको छाना हुँदा धेरै दुख पाउनु भएको थियो । तर अहिले जस्ताको छाना पाएपछि उहाँ खुसी हुनुहुन्छ ।

गुल्मीका १२ स्थानीय तहमध्ये धुर्कोट गाउँपालिकाका सबै नागरिकमा अहिले यस्तै खुसी छ । खरको छानोको सट्टा टिनले छाएको घरमा ढुक्कसँग बस्न पाउँदा नागरिक पनि खुसी भएका छन् ।

खरले छाएको घर र पानीको अभावले गर्दा धुर्कोटका बासिन्दा समस्यामा थिए । पछिल्लो स्थानीय तहको चुनावमा त्यहाँका उम्मेद्वार दुईवटा मुख्य लिएर प्रतिष्पर्धामा उत्रिएका थिए, खरका छाना मुक्त र एक घर एक धारा ।

४ वर्षपछि जनप्रतिनिधिले एउटा प्रतिवद्धता पूरा गरेका छन् । उनीहरुले धुर्कोटलाई खरको छानामुक्त गाउँपालिका घोषणा गरेका छन् ।

खरको छाना परिवर्तन गर्दा एक घरका लागि ३० देखी ४० हजार खर्च भयो । अहिले गाउँपालिका सबै घरका छाना नीललो टिनले सिंगारिएका छन् ।

यसअघि खरको छाना हुँदा त्यो छाना वर्षैपिच्छे छाइनरहनु पर्थ्यो । र पनि वर्खामा पानी चुहिन्थ्यो । हिउँदमा आगो लाग्ने डर हुन्थ्यो । तर अहिले जस्ताको छाना भएपछि आगलागीको डर हराएको छ ।

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्न करिव साढे १९ करोड बजेट खर्च भएको छ । पाँच सय चार घर धुरीका लागि एक करोड ८१ लाख ९२ हजार २ सय ८७ रुपैयाँको जस्तापाता खरिद गरिएको छ ।

त्यस्तै नागरिक सुरक्षित आवास कार्यक्रम अन्तरगत १ सय ५७ घर पनि निर्माण भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *