खेलकूद

पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डद्वारा क्लिनस्विप

हिमालय टिभी
२०७८ असार ३० गते ७:४६
पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डद्वारा क्लिनस्विप

३० असार २०७८ काठमाडौं । पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डले क्लिनस्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै घरेलु टोली इंग्ल्याण्डले श्रृंखला ३–० ले जितेको छ । ३ सय ३२ रनको लक्ष्य लक्ष्य इंग्ल्याण्डले खेल सकिन १२ बल अगावै ७ विकेट गुमाएर भेट्टाएको थियो ।

उसका लागि जेम्स भिन्सले १ सय २ रनको शतकीय इनिंग्स खेले । ९५ बलको सामना गर्दै उनले ११ चौका प्रहार गर्दै १ सय २ रन बनाए । त्यस्तै लुइस ग्रेगोरीले ७७ रन जोडे । बलिङ्मा पाकिस्तानका हरिश रौफले ४ तथा शादब खानले २ विकेट लिए ।

यसअघि बर्मिंघममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा ३ सय ३१ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५८ रन बनाए ।

त्यस्तै मोहम्मद रिजवान ७४ तथा इमाम उल हकले ५६ रनमा पेभेलिएन फर्के । इंग्ल्याण्डका ब्रायडन क्रसेले ५ अनि सकिब मोहम्मदले ३ विकेट हात पारे । जेम्स भिन्स म्यान अफ द म्याच तथा साकिब महमुद म्यान अफ द सिरिज चुनिए ।

इंग्ल्याण्डले पहिलो खेल ९ विकेटले र दोस्रो खेल ५२ रनले जितेको थियो । पाकिस्तान र इंग्ल्याण्डबीच यही शुक्रवारदेखि तीन खेलको ट्वेन्टी(ट्वेन्टी श्रृंखला शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्