खेलकूद

टोकियो ओलम्पिकको उद्घाटन मार्चमा नेपालको झण्डा गौरिकाले बोक्ने

हिमालय टिभी
२०७८ असार २९ गते १८:४१
टोकियो ओलम्पिकको उद्घाटन मार्चमा नेपालको झण्डा गौरिकाले बोक्ने

२९ असार २०७८ काठमाडौं । आसन्न टोकियो ओलम्पिकको उद्घाटनमा हुने मार्च पासमा पौडीबाज गौरिका सिंहले नेपालको झण्डा बोक्ने भएकी छिन् ।

पाल ओलम्पिक कमिटि एनओसीले उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट गौरिकाले झण्डा बोक्ने निर्णय गरेको हो । रियो ओलम्पिकमा सबै भन्दा कम उमेरकी ओलम्पियन बनेकी गौरिकाको यो दोस्रो सहभागीता हो ।

यस पटक नेपालबाट ५ खेलाडीले ४ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसका लागि ५ खेलाडी सहित २६ जनाको टोली जापान जाने भएको छ । पौडीको टोली भने यसअघि नै जापान गएर अभ्यास गरिरहेको छ । सहभागी सबैले जापान पुगेपछि एक सातासम्म हरेक दिन पिसिआर परिक्षण गर्नुपर्नेछ ।

टोकियो पुगेपछि तीन दिन क्वारेन्टिन बस्नु पर्ने एनओसीले जनाएको छ । प्रतियोगिताका लागि नेपालले २०१९ देखी तयारी थालेको थियो। जसमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो ।

यसबाट पौडीका गौरिका सिंह र एलेक्जान्डर शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट तथा एथलेटिक्सकी सरस्वति चौधरी सहभागी हुँदैछन् । गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

कल्पनाले महिला दश मिटर एयर राइफल, सानियाले महिलातर्फ ४८ केजी तौल समुह र सरस्वतिले महिला एक सय मिटर दौडमा सहभागिता जनाउने छन् ।

पौडीका दुई र एथलेटिक्सबाट एक गरी तीन खेलाडीले युनिभर्सल कोटाबाट खेल्न लागेका हुन भने बाँकी दुई खेलाडीले वाइल्ड कार्ड मार्फत् अबसर पाएका हुन् । नेपालको ओलम्पिकमा यो १४ औं सहभागीता हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया

One thought on “टोकियो ओलम्पिकको उद्घाटन मार्चमा नेपालको झण्डा गौरिकाले बोक्ने

  1. नेपालकी छोरी
    देशको शान
    बनाइन यिनीले
    नेपालीलाई महान !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्