खेलकूद

अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित

हिमालय टिभी
२०७८ असार २९ गते १०:१०
अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित

२९ असार २०७८ काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटिकोले रोड्रिगोलाई सिरी ए क्लब युडिनेशबाट अनुबन्ध गरेको हो । उनी झण्डै ३५ मिलियन युरोमा एट्लेटिको मड्रिड आएको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

२७ वर्षीय रोड्रिगोले एट्लेटिकोसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनले सन् २ हजार १४ देखि २ हजार १६ सम्म भ्यालेन्सियाबाट ला लिगामा खेलेका थिए ।

रोड्रिगो अर्जेन्टिनाको कोपा अमेरिका जित्ने टोलीका महत्वपूर्ण सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्