इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु
२९ असार २०७८ बगदाद । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।
इराकको दक्षिणी शहर नसरियास्थित एक अस्पतालको कोभिड आइसोलेसन वार्डमा भएको आगलागीमा कम्तिमा ४१ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीको भनाइ छ ।
मृत्यु हुनेमा दुई जना अस्पतालका कर्मचारी पनि छन् । १६ जनाको उद्धार भएको छ । अल(हुसैन अस्पतालमा भएको आगलागीबारे केही स्पष्ट नभएपनि अक्सिजन ट्यांक पड्किएर आगो लागेको बताइएको छ ।
मृतक तथा घाइतेको खोजी कार्य भइरहेको छ । केही बिरामी अझै हराइरहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । आइसोलेसन वार्डमा ६० जना संक्रमितको उपचार भइरहेको थियो ।
तीन महिनाको अवधिमा इराकको अस्पालको कोरोना वार्डमा भएको यो दोस्रो ठूलो दुर्घटना हो ।
यसअघि गएको अप्रिल महिनामा राजधानी बगदादको एक अस्पतालमा अक्सिजन ट्यांक पड्किएर भएको आगलागीमा ८२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया