समाज

वैदेशिक रोजगारीमा हत्केला गुमाएका पाँचथरका बाँस्कोटा कसरी बने सफल ? (भिडियो

हिमालय टिभी
२०७८ असार २८ गते १६:४१
वैदेशिक रोजगारीमा हत्केला गुमाएका पाँचथरका बाँस्कोटा कसरी बने सफल ? (भिडियो

२८ असार २०७८ पाँचथर । वैदेशिक रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दो छ । पाँचथरको फिदिमका चुडामणि बाँस्कोटा भने वैदेशिक रोजगारीमा एउटा हत्केला गुमाएपछि स्वदेश फर्केर सफल व्यवसायी बन्नुभएको छ । त्यो पनि हातले नै गर्ने व्यवसायमा ।

पाँचथरको फिदिम नगरपालिका–४ तिरतिरेका चुडामणि बाँस्कोटाको एउटा हत्केला नै छैन । तर पनि उहाँले बाँसबाट विभिन्न सामग्री बनाएर आम्दानी गरिरहनुभएको छ ।

वैदेशिक रोजगारी छाडेर स्वदेश फर्किएपछि उहाँले यो व्यवसाय शुरु गर्नुभएको हो । अहिले कोरोना महामारीका कारण त्यति धेरै विक्री नभए पनि उहाँको पाँच जनाको परिवारको घर खर्च यसकै आम्दानीबाट चलेको छ ।

२०६२ सालमा मलेसियबाट फर्किपछि उहाँले बाँसबाट फर्निचर बनाउने कामका लागि तालिम लिन चाहनु हुन्थ्यो । तर घरेलु तथा साना उद्योग विकास कार्यालयमा तालिम माग्दै पुगेका उहाँलाई पत्याइएन । ‘दुई हात हुनेले त गरेर देखाउन सकेनन् एउटा हात हुनेले के सक्छस्’ भनेर उहाँको अपमान गरियो ।

त्यो बचनले उहाँको हौसला मरेन । उहाँले आफैंले काम सिक्नुभयो । र बाँसबाट सामान बनाउन थाल्नुभयो । आफूले बनाएको पहिलो सामान बिकेको दिनको खुसी उहाँ अहिले पनि सम्झनुहुन्छ ।

शारीरिक रुपमा अपाङ्गता भए पनि बाँस्कोटालाई इच्छा शक्ति र मेहनतले आर्थिक आम्दानी तथा पहिचान दिएको छ । पाँचथरमा रचना बाँस फर्निचर उद्योग सञ्चालन गरिरहेका उहाँ आफूमा रहेको सीप अरुलाई पनि सिकाउनुहुन्छ ।

इच्छा शक्ति भयो भने सफल बन्न केहीले पनि छेक्दै भन्ने चुडामणिको जीवनले पुष्टि गरेको छ । शारीरिक अपाङ्गता, आर्थिक अभाव, तथा कठिन परिस्थितिबाट व्यवसायिक बनेका बाँस्कोटाजस्ता व्यवसायीलाई सरकारको प्रोत्साहन तथा सहयोगको खाँचो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *