खेलकूद

नोभाक जोकोभिचले जिते छैटौंपटक विम्बल्डन टेनिसको उपाधि

हिमालय टिभी
२०७८ असार २८ गते ८:१५
नोभाक जोकोभिचले जिते छैटौंपटक विम्बल्डन टेनिसको उपाधि

२८ असार २०७८ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

सर्बियन खेलाडी जोकोभिच पुरुष एकलतर्फको फाइनलमा इटालीका माटेओ बेरेटिनीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

साविक विजेता समेत रहेका जोकोभिचले सातौं वरीयताका माटेओलाई ६–७,६–४, ६–४ र ६–३ को सेटमा हराए । ३४ वर्षीय जोकोभिचको यो २० औं ग्राण्डस्लाम उपाधि पनि हो ।

उनले २० पटक ग्राण्डस्लाम जित्ने स्विस खेलाडी रोजर फेडेरर र स्पेनका राफायल नाडालले बनाएको कीर्तिमानको बराबरी पनि गरेका छन् ।

उता २५ वर्षीय माटेओ विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी हुन् । यस्तै माटेओ सन् १९ सय ७६ पछि ग्राण्डस्लाम फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी पनि हुन् ।

महिलातर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्