खेलकूद

इटालीले दोस्रोपटक जित्यो युरोपक फूटबलको उपाधि

हिमालय टिभी
२०७८ असार २८ गते ८:११
इटालीले दोस्रोपटक जित्यो युरोपक फूटबलको उपाधि

२८ असार २०७८ काठमाडौं । इटालीले दोस्रो पटक युरोकप फूटबलको उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो ।

अतिरिक्त समयमा समयमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । त्यस्तै आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

उता इंग्ल्याण्डका तर्फबाट ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । त्यस्तै मार्कस रास्फोर्डको प्रहार गोलपोष्टमा लागेर फर्कदा जाडोन साञ्चो र बाकुयो साकाको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले बचाएका थिए ।

यसअघि लण्डनको वेम्ब्ली स्टेडियममा इंग्ल्याण्डले दोस्रो मिनेटमै ल्युक शाले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तर ६७औं मिनेटमा इटालीका लियोनार्दो बोनुसीले गोल गरेपछि खेल १–१ को बराबरी भएको थियो ।

इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको थियो । यस्तै इंग्ल्याण्ड ५५ वर्षपछि कुनै ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा थियो । उसले यसअघि सन् १९ सय ६६ मा विश्वकपको उपाधि जितेको थियो ।

उता यसअघि एक पटकको च्याम्पियन इटाली भने चौथो पटक फाइनलमा पुगेको थियो । इटाली सन् १९ सय ६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै युरो कपको च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्