समाज

गण्डकी प्रदेश सरकारद्वारा स्वेत पत्र जारी, प्रदेशको आर्थिक अवस्था निकै कमजोर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते १७:५९
गण्डकी प्रदेश सरकारद्वारा स्वेत पत्र जारी, प्रदेशको आर्थिक अवस्था निकै कमजोर (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ पोखरा । गण्डकी सरकारले प्रदेशको आर्थिक अवस्था निकै कमजोर रहेको जनाएको छ ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज स्वेत पत्र जारी गर्दै विगतको सरकारले लक्ष्य अनुसारको काम नगरेका कारण प्रदेशको अर्थतन्त्र धरासायी अवस्थामा पुगेको बताउनुभयो ।

प्रथम पञ्चवर्षीय योजना कार्यान्वय गर्ने गरी वार्षिक नीति तथा कार्यक्रम, बजेट र आयोजना संचालन हुन नसकेको स्वेतपत्रमा उल्लेख छ ।

पूँजीगत खर्च बढाउन गरिएका प्रयत्न फलदायी हुन नसकको भन्दै मुख्यमन्त्री पोखरेलले गत जेठ मसान्तसम्म ५० प्रतिशत मात्रै विकास बजेट खर्च भएको जानकारी दिनुभयो । चालु खर्च बढेका कारण बिकास खर्च जोहो गर्न कठिन हुँदै गएको उहाँले बताउनुभयो ।

संघ सरकारबाट आउने स्रोत बढ्न नसक्नु, प्रदेश सरकारको आन्तरिक स्रोत परिचालन क्षमता सुधार नहुनुले प्रदेश गौरवका अयोजना, रणनीतिक महत्वका आयोजना र रुपान्तरणकारी आयोजनाको काम समयमा सम्पन्न गर्न कठिन हुने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

सअघि हिजो पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेको सरकारले सुरुवातबाटै अनियमितता गर्न थालेको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *