नबिल बैंक र युनाइडेट फाइनान्सको एकीकृत कारोवार शुरु
२७ असार २०७८ काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गरी आजदेखि एकीकृत कारोबार शुरु गरेको छ।
आज भएको कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरीले संयुक्त रुपमा एकीकृत कारोबार शुभारम्भ गर्नुभएको हो ।
नबिल बैंकका अध्यक्ष पौडेलले यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने बताउनुभयो ।
युनाइटेट फाइनान्सको १ सय कित्ता शयर बराबर नबिल बैंकको ३५ कित्ता हुने गरी यी दुई एक भएका हुन् । युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
यो सँगै नबिल बैंकको कुल पूँजी कोष ३२ अर्ब ६८ करोड भएको छ । नबिल बैंकका १ सय ३५ शाखा र १ सय ८३ वटा एटिएम भएका छन् ।
प्रतिक्रिया