युरोकप फूटबलको उपाधिका लागि आज राति इंग्ल्याण्ड र इटाली भिड्दै
२७ असार २०७८ काठमाडौं । युरोकप फूटबलको उपाधिका लागि आज राति इंग्ल्याण्ड र इटाली प्रतिष्पर्धा गर्दैछन् ।
लण्डनको विम्ब्ली रंगशालामा नेपाली समय अनुसार राती पौने एक बजे यो खेल हुँदैछ । डेनमार्कलाई २–१ ले हराएर इंग्ल्याण्ड पहिलोपटक फाइनलमा पुगेको थियो ।
यस्तै इटाली भने स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । वेम्बिलीमा सन् १९६६ मा विश्वकप जिते यता इंग्ल्याण्डले पहिलो पटक कुनै पनि ठुलो प्रतियोगितामा फाइनल खेल्न लागेको हो ।
इंग्ल्याण्डविरुद्ध इटलीको इतिहास भने राम्रोछ । ठूलो प्रतियोगितामा इंग्ल्याण्डले इटालीलाई हराउन सकेको छैन । यी दुई टोलीबीच अहिलेसम्म २८ खेल भएका छन् ।
जसमा इटालीले ११ खेल जितेको छ भने इंग्ल्याण्डले आठ खेल आफ्नो पक्षमा पारेको छ । बाँकी आठ खेल बराबरीमा सकिएका छन् ।
प्रतिक्रिया