खेलकूद

इंग्ल्याण्डले जित्यो पाकिस्तानविरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला

हिमालय टिभी
२०७८ असार २७ गते ८:२८
इंग्ल्याण्डले जित्यो पाकिस्तानविरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला

२७ असार २०७८ काठमाडौं । पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट खेलको श्रृंखला घरेलु टोली इंग्ल्याण्डले जितेको छ ।

दोस्रो एकदिवसीय खेलमा पाकिस्तानलाई ५२ रनले हराउँदै इंग्ल्याण्डले तीन खेलको श्रृंखला २–० ले जितेको हो । २ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४१ ओभमा १ सय ९५ रनमा समेटियो ।

उसका लागि साउद सकिलले सर्वाधिक ५६ रन बनाए । त्यस्तै हसन अलीले ३१ तथा सादब खानले २१ रन बनाए । बलिङमा इंग्ल्याण्डका लेविस ग्रिगोरीले तीन विकेट लिए ।

यसअघि लड्समा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ४५ दशमलव २ ओभरमा २ सय ४७ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका लागि पिल साल्टले ६०, जेम्स भिन्सले ५६ तथा लेविस ग्रिगोरीले ४० रन जोडे ।

पाकिस्तानका हसनल अलीले ५ विकेट हात पारे । पहिलो खेलमा इंग्ल्याण्ड ९ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्