खेलकूद

ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फूटबलको उपाधि

हिमालय टिभी
२०७८ असार २७ गते ८:०२
ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फूटबलको उपाधि

२७ असार २०७८ रियो दि जेनेरियो । अर्जेन्टिनाले १५औं पटक दक्षिण अमेरिकी फूटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि जितेको छ

आज बिहान सम्पन्न फाइनलमा साविक विजेता ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

ब्राजिलको माराकाना स्टेडियममा एञ्जल डी मारियाको एक मात्र गोल नै निर्णायक बन्यो । उनले २२औं मिनेटमा रोड्रिगो डी पाउलको पासमा गोल गर्न सफल भएका थिए ।

उता आयोजक ब्राजिलले गोल फर्काए पनि त्यसलाई अफसाइड दिइएको थियो । यो सँगै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको छ ।

यसअघि मेस्सीले तीनवटा कोपा अमेरिका र एउटा विश्वकप फाइनल खेलिसकेका छन् । तर उपाधि जिताउन सकेका थिएनन् । त्यस्तै अर्जेन्टिनाले २८ वर्षपछि कुनै मुख्य प्रतियोगिताको उपाधि जितेको छ ।

अर्जेन्टिनाले यस अघि सन १९ सय ९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । पछिल्लो पटक २ हजार १५ र २ हजार १६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो।

यससँगै अर्जेन्टिनाले कोपा अमेरिका सर्वाधिक धेरै जित्ने उरुग्वेको कीर्तिमान पनि बराबरी गरेको छ । उरुग्वे र अर्जेन्टिनाले समान १५ पटक उपाधि जितेका छन् ।

ब्राजिलले सेमीफाइनलमा पेरुलाई १–० ले पराजित गरेको थियो । उता अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३२ ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्