खेलकूद

कोपा अमेरिका फूटबलको उपाधिका लागि भोलि बिहान ब्राजिल र अर्जेन्टिना भिड्दै

हिमालय टिभी
२०७८ असार २६ गते १८:४७
कोपा अमेरिका फूटबलको उपाधिका लागि भोलि बिहान ब्राजिल र अर्जेन्टिना भिड्दै

२६ असार २०७८ रियो दि जेनेरियो । कोपा अमेरिका फूटबलको उपाधिका लागि भोलि बिहान ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार विहान पौने ६ बजे यो खेल शुरु हुनेछ । यो प्रतिस्पर्धालाई दुई स्टार लियोनल मेस्सी र नेयमारबीचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको छ ।

स्टार स्ट्राइकर मेस्सीले क्लब फूटबलमा सबै उपाधि जिते पनि राष्ट्रका लागि भने अहिलेसम्म कुनै पनि ठूलो उपाधि उचाल्न सकेका छैनन् । १४ पटकको विजेता अर्जेन्टिना २९ औं पटक फाइनलमा पुगेको हो ।

ब्राजिलले भने नौ पटक उपाधि जितेको छ । दक्षिण अमेरिकी फूटबलका दुई शक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिना अहिलेसम्म १ सय ११ पटक भिडेका छन् । जसमा अर्जेन्टिनाले ४० र ब्राजिल ४६ खेल जितेको छ ।

बाँकी २५ खेल बराबरीमा सकिएका छन् । कोपामा भने ब्राजिलको इतिहास बलियो छ । कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन ।

आज बिहान भएको कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पेरुलाई ३२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्