समाज

ट्राफिकको ‘मुस्कानसहितको नमस्ते’ अभियान, नियम पालना नगरे कडा कारबाही (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २६ गते १८:२१
ट्राफिकको  ‘मुस्कानसहितको नमस्ते’ अभियान, नियम पालना नगरे कडा कारबाही (भिडियो रिपोर्टसहित)

२६ असार २०७८ बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी दुर्घटना न्यूनिकरणका लागि अभियान शुरु गरेको छ । कोरोनाको दोस्रो लहरयता जिल्लाभित्र सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले ‘मुस्कानसहितको नमस्ते’ अभियान शुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले मुस्कानसहितको नमस्ते अभियान संचालन गरेर सवारी साधनमा कडाईका साथ चेकिङ गर्न थालेको छ ।

कोरोनाको दोस्रो लहरपछि चालकले ट्राफिक नियमविपरीतका कार्य गर्न थालेपछि ट्राफिक प्रहरीले ट्राफिक नियम पालना गराउन अभियान नै शुरु गरेको छ । पहिलोपटक सम्झाइबुझाइ गर्ने र नमाने कडा कारबाही गर्ने प्रहरीले जनाएको छ ।

सवारी साधनमा अनावश्यक स्टिकर राख्ने, कालो सिसा राख्ने, अनावश्यक झुल्लिरी राख्दा दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले हटाउने थालेको छ । ट्राफिक प्रहरीले कडाईका साथ चेकिङ गर्दा सवारी दुर्घटना न्यूनिकरणमा सहयोगी हुने भन्दै सवारी चालकहरुले पनि अभियानमा सघाउने प्रतिबद्धता जनाएका छन् ।

ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने भन्दै अभियानलाई निरन्तरता दिन नागरिकको सुझाव छ ।

मुस्कानसहितको नमस्ते अभियानले सवारी दुर्घटना न्यूनिकरणमा लागि निकै महत्वपुर्ण भुमिका खेल्ने ट्राफिक प्रहरीको बुझाइ छ ।

त्यति मात्र नभई ट्राफिक प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार्नका लागि पनि यो अभियानलाई निरन्तरता दिईने ट्राफिक प्रहरीले जनाएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *