समाज

तिनाउ नदी किनारमा घर-टहरा निर्माण गर्ने क्रम बढ्यो, डुबानको उच्च जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २६ गते १५:१२
तिनाउ नदी किनारमा घर-टहरा निर्माण गर्ने क्रम बढ्यो, डुबानको उच्च जोखिम (भिडियो रिपोर्टसहित)

२६ असार २०७८ बुटवल । रुपन्देही हुँदै बग्ने तिनाउ नदीका किनारमा पछिल्लो समय घर टहरा निर्माण हुने क्रम बढेको छ । यसले वर्षायाममा जोखिम बढेको छ ।

बुटवल उपमहानगरपालिकाले नदी किनार खाली गराउनुको साटो त्यहाँ बसेको वस्तीमा अनेक सुविधा पुर्‍याउने गरेको छ ।

तिनाउ नदीले रुपन्देहीमा प्रत्येक वर्ष क्षति पुर्‍याउँछ । तर नदी किनारमा घर टहरा निर्माण हुने क्रम भने धमाधम चलिरहेको छ । बुटवल उपमहानगरपालिकाले पनि नदीको बहाव क्षेत्रमा सडक कालोपत्रे, खानेपानी र बिजुलीको सुविधा पुर्‍याएर अतिक्रमणलाई वैधता दिइरहेको छ ।

यहीँ कारण तिनाउ नदीले चर्चेको क्षेत्रमा अहिले ठुलो वस्ती विकास भएको छ । तर बाढी आउँदा नदी किनारका बासिन्दा रातभरी जाग्राम बस्नुपर्ने बाध्यता छ ।

जनप्रनिधिले लालपूर्जाको आश्वासन दिँदा त्यस्ता बहाव क्षेत्रमा सामान्य घरटहरा मात्र बनेको छैन, ठूलो आलिसान भवन समेत ठडिएका छन् ।

जथाभावी नदी उत्खननका कारण ति वस्ती झन् जोखिममा परेका छन् । तर बुटवल उपमहानगरपालिका भने ठूला र महत्वकांक्षी योजना बनाउनमै व्यस्त छ ।

सुकुम्बासीको नाममा तिनाउको झण्डै १ हजार हेक्टर क्षेत्रफल जग्गा कब्जा भएको छ । सुकुम्बासी समस्या र नदी क्षेत्रमा जोखिम बढ्नुमा राजनीतिक नाफा नोक्सान हेर्ने नेताहरु कै मुख्य दोष देखिन्छ ।

तिनाउ नदीको वहाव क्षेत्र अतिक्रमणमा पर्न थालेको २० वर्ष भन्दा बढी भएको छ । सरकारले नदिको संरक्षण र उकास क्षेत्रमा बस्ने नागरिकको सुरक्षामा चासो देखाएको छैन । बरु किनारामा बसेका घर टहरालाई बैधानिकता दिने काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *