खेलकूद

कोपा अमेरिका फूटबलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो स्थानमा

हिमालय टिभी
२०७८ असार २६ गते ९:३०
कोपा अमेरिका फूटबलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो स्थानमा

२६ असार २०७८ काठमाडौं । दक्षिण अमेरिकी फूटबल प्रतियोगिता कोपा अमेरिकामा कोलम्बिया तेस्रो भएको छ ।

तेस्रो स्थानका लागि आज विहान सम्पन्न खेलमा कोलम्बियाले पेरुमाथि ३–२ को जित निकालेको हो । पहिलो हाफको इञ्जुरी समयमा योशिमार योटुनको गोलबाट पेरुले अग्रता बनाएको थियो ।

४९औं मिनेटमा कोलम्बियाका जुआन कुआड्राडोले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि कोलम्बियाका लागि ६६औं मिनेटमा लुइस डायज र पेरुका लागि ८२औं मिनेटमा जियानलुका लापादुलाले गोल थपेपछि खेल १–१ को बराबरी भयो ।

तर इञ्जुरी समयको अन्त्यतिर डायजले व्यक्तिगत दोस्रो गोल थप्दै कोलम्बियालाई २१ को जित दिलाए । कोपा अमेरिकाको उपाधिका लागि भोलि विहान साविक विजेता ब्राजिल र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्