आर्थिक

सामान नेपाल ल्याउन भारतीय रेलमार्ग प्रयोग गर्न पाउने सम्झौता

हिमालय टिभी
२०७८ असार २५ गते १८:०१
सामान नेपाल ल्याउन भारतीय रेलमार्ग प्रयोग गर्न पाउने सम्झौता

२५ असार २०७८ काठमाडौं । तेस्रो मुलुकबाट आएका मालसामान बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग संजालको प्रयोग गर्न पाउनेगरी सम्झौता भएको छ ।

आज आयोजित कार्यक्रममा भारत नेपाल रेल सेवा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कार्गो रेल संचालकले नेपाल आउने कन्टेनर र अन्य मालसमानका लागि भारतीय रेलमार्ग प्रयोग गर्न पाउने उल्लेख छ ।

यसले नेपालको बजार शक्तिको पहुँच बढ्नुका साथै सामान ढुवानी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतका तर्फबाट रेल मन्त्रालयका परिचालन एवम् व्यावसाय विभागका सदस्य सञ्जय कुमार मोहान्तीले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।

नेपालस्थित भारतीय दुतावासले विज्ञप्ति निकालेर यो सम्झौताबारे जानकारी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *