२३ वर्षमुनिको एसिया कप छनोट फूटबलमा नेपाल ‘समूह बी’मा
२५ असार २०७८ काठमाडौं । २३ वर्षमुनिको एसिया कप छनोट फूटबलमा नेपाल ‘समूह बी’मा परेको छ ।
एसियाली फुटबल महासंघ एएफसीले आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल वेष्ट जोनको ‘समूह बी’ मा परेको हो । यस समूहमा नेपालसँगै इरान, ताजिकिस्तान र लेबनान छन् । यो समूहको खेल ताजिकिस्तानमा हुनेछ ।
वेष्ट जोनका २३ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । ५ समूहमा ४(४ टिम र एक समूहमा ३ टिम छन् । यस्तै इस्ट जोनका १९ टिमलाई ५ समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछन् ।
२३ वर्षमुनिको एशिया कप भने आउँदो वर्ष जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ । नेपाल अहिलेसम्म अन्तिम चरणका लागि छनोट हुन सकेको छैन ।
छनोट चरणमा रहेका ११ समूहका विजेता र दोस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम अन्तिम चरणमा पुग्नेछन् ।
प्रतिक्रिया