आर्थिक

मनसुन विपद्‌बाट भएको क्षतिको लगत संकल गरेर आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिइने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २५ गते १६:५२
मनसुन विपद्‌बाट भएको क्षतिको लगत संकल गरेर आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिइने (भिडियो रिपोर्टसहित)

२५ असार २०७८ काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति व्यहोरेका किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिनेगरी लगत संकलन तिब्र पारेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीका अनुसार कृषि विभाग, पशु सेवा विभागका साथै प्रदेश सरकारमार्फत् बाढी पहिरोले गरेको क्षतिको तथ्यांक संकलन भइरहेको छ ।

एकहप्ता भित्र लगत संकलन भइसक्ने र किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो ।

निरन्तर भेल बाढी आइरहेमा धान खेतिमा सरकारको लक्ष्य भेट्न मुस्किल पर्ने कार्कीले बताउनुभयो । वर्षा र बाढीकै कारण केही ठाउँमा रोपाईँ हुन नसकेको र अहिलेसम्म ६५ प्रतिशत धान रोपाई भएको बताउनुभयो ।

यस्तै केही ठाउँमा धान खेत नै बाढीले पुरेको छ । सरकारले यो वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *