विश्व बैंकले नेपाललाई करिब १२ अर्ब ऋण सहायता दिने
२५ असार २०७८ काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात करिब १२ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५–५ करोड डलर ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।
नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।
नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा आउने यो सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया