कला/मनोरञ्जन

नायिका तथा निर्मात्री जेनी कुँवरद्वारा आत्महत्या

हिमालय टिभी
२०७८ असार २५ गते ८:३९
नायिका तथा निर्मात्री जेनी कुँवरद्वारा आत्महत्या

२५ असार २०७८ काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवर मृत फेला परेकी छन् ।

प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाले, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको जानकारी दिनुभयो ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् ।

प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *