खेलकूद

पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डको विजयी शुरुवात

हिमालय टिभी
२०७८ असार २५ गते ७:५४
पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डको विजयी शुरुवात

२५ असार २०७८ इंग्ल्याण्ड । पहिलो एकदिवसीय क्रिकेट श्रृंखलामा घरेलु टोली इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ ।

इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा पाकिस्तानले दिएको १ सय ४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा डाविड मालनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डेब्यु खेलाडी जाक क्रलीले पनि अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । फिल साल्ट ७ रनमा आउट भए । पाकिस्तानका शहिन शाह अफ्रिदीले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ४७ रन बनाए ।

शादव खानले ३० रन जोड्दा सोहिब मक्सुदले १९ रन जोडे । पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका शकिब महमुदले ४ विकेट लिए । क्रेग ओभर्टन र माट पर्किनसनले २–२ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्