आर्थिक

व्यवसायको वातावरण बनाइदेउ : पर्यटन व्यवसायी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २४ गते २०:३४
व्यवसायको वातावरण बनाइदेउ : पर्यटन व्यवसायी (भिडियो रिपोर्टसहित)

२४ असार २०७८ पोखरा । कोरोना महामारि शुरु भएयता गण्डकी प्रदेशको पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित भएको छ ।

कोरोनाविरुद्धको खोपबिना पर्यटन क्षेत्र सञ्चालनमा आउन नसक्ने भन्दै व्यवसायीले यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । खोप नलगाई अब व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको उनीहरुको ठम्याइ छ ।

कोरोनाविरुद्धको खोप माग गरिरहेका व्यवसायी पुरानै लयमा फर्कन आतुर छन् । त्यसका लागि उनीहरुले अहिले सरकारको मुख ताकिरहेका छन् । तर अपेक्षित सहयोग नपाएको व्यवसायीको गुनासो छ । व्यवसायबाट पलायन हुदाँ हजारौँको रोजगारी समेत गुम्ने भएकाले त्यस तर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

५ खर्व भन्दा बढीको लागानी र ७५ हजारभन्दा बढीको रोजगारी रहेको गण्डकीको पर्यटन क्षेत्र कोरोना पछि सजिलै उठ्ने अवस्थामा छैन । राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा आफ्ना माग सम्बोधन गरिदिन पनि व्यवसायीले आग्रह गरिरहेका छन् ।

वार्षिक १० लाख पर्यटकले पोखराको भ्रमण गर्थे, ती पर्यटकलाई सेवा दिन १० हजार ८ सय व्यवसायीक प्रतिष्ठान संचालनमा थिए ।

पर्यटन व्यवसायीले दैनिक १६ करोडभन्दा बढी घाटा व्यहोरेका छन् । ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् । अरु व्यवसायी पनि पर्ख र हेरको अवस्थामा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *