आइसीसीले दियो इपीएल सञ्चालन गर्न अनुमति

२४ असार २०७८ काठमाडौं । असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले स्वीकृति दिएको छ ।
इपीएलले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आइसीसीबाट स्वीकृति पाएको जानकारी दिएको हो । गत वर्ष हुने तय भएको इपीएल कोरोना संक्रमणको जोखिमका कारण रोकिएको थियो ।
अब असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यो प्रतियोगिता हुनेछ । प्रतियोगितामा ललिपुर प्याट्रियट्स, काठमाडौं, किङ्स इलाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
पछिल्लो पटक भैरहवालाई १४ रनले हराउँदै ललितपुरले तेस्रो संस्करणको इपिएल उपाधि जितेको थियो । गत वर्ष हुने भनिएको यस संस्करणका लागि सहभागी टोलीहरुले विश्व चर्चित खेलाडीहरु टोलीमा अनुबन्धित गरेका थिए ।
तर प्रतियोगिता तोकिएको मितिमा हुन नसकेपछि अब ती खेलाडीको सहभागीताको विषय भने अन्यौलमा परेको छ ।
प्रतिक्रिया