खेलकूद

इंग्ल्याण्ड पहिलो पटक युरोकप फूटबलको फाइनल प्रवेश

हिमालय टिभी
२०७८ असार २४ गते ७:४१
इंग्ल्याण्ड पहिलो पटक युरोकप फूटबलको फाइनल प्रवेश

४ असार २०७८ लण्डन । इंग्ल्याण्ड पहिलो पटक युरोकप फूटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न दोस्रो सेमीफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इंग्ल्याण्डले फाइनल यात्रा तय गरेको हो । यससँगै इंग्ल्याण्ड ५५ बर्षपछि कुनै मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो ।

घरेलु मैदान लण्डनस्थित वेम्बली स्टेडियममा डेनमार्कले ३०औं मिनेटमा मिक्केल डाम्सगार्डको गोलसँगै अग्रता लियो । लगत्तै ३९औं मिनेटमा डेनमार्कका डिफेन्डर तथा कप्तान सिमोन कियारले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरी भयो ।

इंग्ल्याण्डका बुकायो साकाको प्रहार जोगाउने क्रममा सिमोनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । त्यसपछि अतिरिक्त समयको १ सय ४औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलसँगै इंग्ल्याण्ड विजयी भयो ।

डेनमार्कका किपरले केनको प्रहार रोकेपनि उनले रिबाउन्डमा गोल गर्न सफल भएका थिए । स्ट्राइकर रहिम स्ट्रलिङलाई डेनमार्कका जोकसम माहेलले फल गरेपछि इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो ।

इंग्ल्याण्ड सन् १९ सय ६६ यता पहिलो पटक कुनै मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि १९ सय ६६ को विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्डले उपाधि पनि जितेको थियो ।

अब उपाधिका इंग्ल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुनेछ । यसअघि इटालीले पहिलो सेमीफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्