आर्थिक

वित्तीय साक्षरता कार्यक्रम सञ्चाल गर्न आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

हिमालय टिभी
२०७८ असार २३ गते १९:११
वित्तीय साक्षरता कार्यक्रम सञ्चाल गर्न आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

२३ असार २०७८ काठमाडौं । देशका ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रमका सञ्चालनका लागि आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ ।

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता आदानप्रदान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

भर्चुअल माध्यमबाट संचालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *